२२ पौष ०८० । ललितपुर, नेपाल राष्ट्रिय मन्डली संगती(एनसिएफ)ले स्थापनाको ६५ औं स्थापना दिवस एक कार्यक्रमका विच सम्पन्न गरेका छन l कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष हनोक तामाङ्ले एनसिएफले विभिन्न चर्च वा समूहसँग सहकार्य गर्न दर्शन र उद्धेश्य लिएको प्रष्ट पार्नुभयो ।
आईतवार कुसुन्तीस्थित एनसिएफको सभा हलमा आयोजित वार्षिक उत्सव कार्यक्रममा रेभ. डा. मंगलमान महर्जनले उत्साहको वचन प्रकाश पार्नु भएको थियो l त्यस्तै गरि डा. सिमोन पाण्डेले एनसिएफ स्थापनाको ऐतिहासिक क्षण स्मरण गर्नु भएको थियो l
कार्यक्रममा एनसिएफ नेपालका पाधधिकरिहरु तथा विभिन्न चर्चका पास्टरहरु सहभागि भएका थिए l


