पुस्तक विमोचन कार्यक्रम सम्पन्न

0

नेपालको लुम्बिनी प्रदेश दाङ जिल्लाको घोराहीमा रहेको दाङ जिल्लाकै पहिलो र ऐतिहासिक प्रतापी मण्डलीको सभा हलमा आज वि.सं.२०८० साल फागुन २१ गतेका दिन १२ पटक १२ वटा फरक विश्व रेकर्ड होल्डर “इस्राएलको इतिहास” भन्ने १६ औँ पुस्तकका लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यूको पुस्तक विमोचन १ दिवशीय कार्यक्रमका साथ सु–सम्पन्न भएको छ ।

उक्त कार्यक्रमकमा दाङ जिल्लाकै ऐतिहासिक प्रतापी मण्डलीका आदरणीय बरिष्ठ पाष्टर श्री नर बहादर शाह ज्यूले सुरुको प्रार्थना गरी विधिवत् र औपचारिक रुपमा सुरु भएको कार्यक्रमको जानकारी उद्घोषक पा. श्री श्याम घर्ती ज्यूले बताउनुभयो ।
अनुग्रह सुसमाचार मण्डलीका पाष्टर, घोराही नगर इसाई समुदायका अध्यक्ष, निट्स विश्वविद्यालय लुम्बिनी प्रदेश निर्देशक तथा सन् २०२२ का गोल्ड मेडलिष्ट पा. भुप बहादुर घर्ती मगर ज्यूको सभाध्यक्षता र बलिदान ए.जी. मण्डलीका आदरणिय पाष्टर तथा लुम्बिनी प्रदेश इसाई समुदायका अध्यक्ष जंग बहादुर चौधरी ज्यूको प्रमुख अतिथ्यमा भएको उक्त लुम्बिनी प्रदेशकै ऐतिहासिक कार्यक्रमको विशिष्ट अतिथि ज्यूहरुमा दाङ जिल्लाकै ऐतिहासिक प्रतापी मण्डलीका बरिष्ठ गुरुबा तथा आदरणीय सल्लाहकार श्री नर बहादुर शाह, दाङ इसाई समुदायका उपाध्यक्ष आदरणीय गुरुआमा श्री सिता शाह, कञ्चनपुर इसाई समाज शाखा भिमदत्त नगरका अध्यक्ष तथा निट्स विश्वविद्यालयका रजिष्ट्रार रेभ. महेश राम लावड, दाङ इसाई समुदायका आदरणीय उपाध्यक्ष पा. उदय स्वर्णकार, दाङ इसाई समुदायका आदरणीय सचिव पा. शुभाष नेपाली र दाङ इसाई समुदायका सह–कोषाध्यक्ष आदरणीय सह–पाष्टर सन्देश शाह हुनुहुन्थ्यो ।

बलिदान ए.जी. मण्डलीका आदरणिय पाष्टर, लुम्बिनी प्रदेश इसाई सुमदायका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथि श्री जंग बहादुर चौधरी, बरिष्ठ पाष्टर श्री नर बहादुर शाह र विशिष्ट अतिथि आदरणीय गुरुआमा सिता शाह ज्यूहरुको संयुक्त बाहुलीद्वारा “इस्राएलको इतिहास” पुस्तक एक समारोहमा विमोचन भएको हो । सह–पा. सन्देश शाह, पा. शुभाष नेपाली, पा. उदय स्वर्णकार, रेभ. महेश राम लावड, गुरुआमा सिता शाह र बरिष्ठ पाष्टर नर बहादुर शाह ज्यूले विमोचन कार्यक्रमको सफलताको शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

अन्तमा बरिष्ठ पाष्टर नर बहादुर शाह, प्रमुख अतिथि आदरणीय पाष्टर श्री जंग बहादुर चौधरी र वल्र्ड रेकर्ड होल्डर लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यूको संयुक्त बाहुलीद्वारा लुम्बिनी प्रदेशका पुराना दीक्षान्तित विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाण–पत्र पनि हस्तान्तरण गरिएको थियो । सभाध्यक्ष पा. भुप बहादुर घर्ती मगर ज्यूले अन्तिममा निट्स विश्वविद्यालयको दर्शन बाँड्दै आफ्नो संक्षिप्त भनाई र मन्तव्य राखि कार्यक्रमको समापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here