इण्डोनेशियामा रेल दुर्घटनामा ४ जनाको मृत्यु, २२ घाइते

0

जकार्ता : इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एकापसमा ठोक्किँदा चारजनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।

प्रान्तीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिनियर कमिश्नर इब्राहिम टोम्पोले स्थानीय सञ्चारमाध्यम मेट्रोटिभीसँगको प्रत्यक्ष अन्तरवार्तामा रेल चालक, उनका सहायक र एक कर्मचारी सहित चारजनाको मृत्यु भएको बताए।

प्रान्तीय खोज तथा उद्धार कार्यालयका अपरेशन युनिटका प्रमुख सुप्रियोनोका अनुसार जाकार्ता समयानुसार बिहान ६ः०३ बजे सिकालेङ्का रिजेन्सीमा रेल कम्युटर लाइन बाङडुङ राया र तुरङ्गा रेल एकापसमा ठोक्किएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here