अमेरिकामा गोली चल्दा एक विद्यार्थीको मृत्यु, पाँच घाइते

0

काठमाडौं : अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ। 

१७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन्। स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये चार विद्यार्थी र एकजना विद्यालय कर्मचारी रहेको पुष्टि भएको छ।​

आफैलाई गोली हानी घाइते भएका १७ वर्षीय किशोर डायलन बट्लरको पनि मृत्यु भएको अधिकारीहरुले बताएका छन्। दुईवटा बन्दुकसहित आएका ती किशोरले गोली चलाएको अमेरिकी अधिकारीले जनाएका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here