३० दिनपछि स्वीकृत भयो प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा ३० दिनपछि स्वीकृत भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीबाट गजुरेलको राजीनामा स्वीकृत गरिएको हो।

गजुरेलले मंसिर २० गतेदेखि नै लागू हुने गरी राजीनामा बुझाएका थिए। उनको राजीनामा पत्रमा उल्लेख भएअनुसार मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले बिहीबार ‍‍जानकारी गराएको हो।

गजुरेलले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन्। गजुरेलको राजीनामा स्वीकृत भएसँगै प्रधानमन्त्री प्रचण्डले अर्को व्यक्तिलाई मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here