Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

नेपालबाट भारतमा बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

आशिष सम्बाददाता by आशिष सम्बाददाता
January 4, 2024
in Politics, विशेष, विशेष, संचार, समाचार, समाज, सरकार
नेपालबाट भारतमा बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो। बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गरेको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो। प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति भएको बताएका थिए।

भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ। भारतीय विदेशमन्त्री एस जयशङ्करको आजदेखि हुन लागेको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा नै दुई देशका प्रधानमन्त्रीले बिजुली निर्यातका विषयलाई ऐतिहासिक र महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए। विभिन्न आन्तरिक तयारीपछि यो विषयले साथर्कता पाएको हो।

सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ। त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ।

उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ।

त्यसअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जासचिव अग्रवाल लगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेका थिए। सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्य आरम्भ भएकामा खुसी व्यक्त गर्दै त्यसलाई थप निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने बताए। उनले अन्य आयोजनालाई पनि गति दिन र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गरे। उनले ठूला आयोजनामा भारतीय लगानीको अपेक्षा गरेकोसमेत बताए।

Previous Post

१० करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ, ९९७ थान राहदानी बरामद

Next Post

३० दिनपछि स्वीकृत भयो प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
३० दिनपछि स्वीकृत भयो प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा

३० दिनपछि स्वीकृत भयो प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In