खेलकुदले शिक्षालाई पूर्ण बनाउँछ : राष्ट्रपति

0

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदले शिक्षालाई पूर्ण बनाउने बताएका छन्।

मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्य आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका हुन्। उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए।

उनले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातगोडा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए। उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए।

उनले परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक भएको बताए। विद्यार्थीहरूको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार भएको बताए।

उनले भने, ‘शिक्षा र खेलकुद सिक्काका दुई पाटा हुन्। कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क‚ हातगोडा र मनलाई क्रियाशील र अनुशासित बनाउँछ। पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन। यसका लागि परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा पनि चाहिन्छ। विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार हो।’

राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ बनाउने बताए। उनले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here