कोशीलाई ८९ रनको चुनौती

0

काठमाडौं  : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो।

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन्। उनले २४ बलमा चार चौका प्रहार गरिन्। त्यस्तै इन्दु वर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

रुबी पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७÷७ रन बनाए। बलिङतर्फ सङ्गीता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सवनम राईले समान एक÷एक विकेट लिए। कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here