गणतन्त्र र लोकतन्त्रको समीक्षा गर्ने बेला भयो : चित्रबहादुर

0

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई हामीले के दियौँ भन्नेबारेमा समीक्षा गर्ने बेला भएको बताएका छन्। बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको विषयलाई लिएर उनले सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो बताएका हुन्।

उनले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गरे। उनले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यविरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताए।

उनले भने, ‘जुन घटना भएको छ, यसलाई हामीले फुटकर रूपमा लिएर छलफल गरिरहेका छौँ। मूलकुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ, देशलाई औद्योगिकरण गर्न सकेनौँ। त्यस कारणले रोजगारीका लागि लाखौँलाख नेपाली युवाहरु विदेश जानुपर्‍यो। यहाँनेर कुन चाहीँ अफिसिरले, कुन चाहीँ मन्त्रीले गल्ती गर्‍योभन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौँ। नेपाली जनताले ठूलो आशा गरेका थिए। अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यका बिरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here