लडेर वृद्धको मृत्यु

0

पाल्पा : निस्दी गाउँपालिका-५ गेझाका ७१ वर्षीय बेलबहादुर खाम्चाको लडेर मृत्यु भएको छ। सोही वडाको ढुंगानाबेसीबाट पैदल घर फर्कने क्रममा बुधबार राति १० बजे लडेर घाइते भएका थिए। 

गोरेटो बाटोमा हिँडिरहेका उनी चिप्लिएर एक्कासी लडेका थिए। बाटोबाट ८ मिटर तल खसेर भीरमा अड्किएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

घाइते उनलाई उपचारका लागि गतराति २ बजे रामपुर अस्पताल लगिएको थियो। थप उपचारका लागि सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याइएको थियो। उपचारकै क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रनाउ श्रेष्ठले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here