मोरङ इसाई समाज द्वारा नेपाल ख्रीष्टियन समाजका केन्द्रीय महासचिव पा.डिल्लीराम पौडेल सम्मानित हुनु भएको छ l मोरङ इसाई समाजको तेस्रो अधिवेसन तथा साधारण सभाको क्रममा महासचिव पौडेल सम्मानित हुनु भएको हो l
पास्टर नविन कुमार राईको संयोजकत्वमा भएको तेस्रो अधिवेसन तथा साधारण सभाले कमिटि पुनर्ठगन गरि मोरङ इसाई समाजलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने व्यक्तिहरु साथै मोरङ इसाई समाजका पुर्व-पदाधिकारीहरुलाई पनि सोहि कार्यक्रममा सम्मान गरिएको थियो l
अधिवेसनमा प्रवचन दिनुहुदै ”ख्रीष्टियनहरुको हक हित र अधिकारको सुनिस्चित्ताको लागी वकालत गर्नु पर्ने र अब ख्रीष्टियन समुदायमा आशिष ल्याउने हो भने मर्दाकैको जस्तो प्रार्थना र एस्तर को जस्तो पैरवी हुनुपर्ने ” उत्साह समेत महासचिव पौडेलले दिनु भएको थियो l
अधिवेसनमा डाक्टर वि.पी खनाल ,एन. सी. एफ. नेपालका केन्द्रीय सचिव पा. बीरबहादुर तामाङ लगायतका व्यक्तिहरुले बोल्नु भएको थियो l