Thursday, September 11, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 11, 2025
in समाचार, सरकार
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले ‘जेन जी’ पुस्ताले चलाएको आन्दोलनलाई पूर्ण समर्थन गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। 

भदौ २६ गते एक प्रेस नोट जारी गर्दै उनले आफ्नो पुस्ताले सुरु गरेको परिवर्तनको संकल्प अधुरो रहेकोले अहिले जेनजी पुस्ता आन्दोलित भएको बताएका हुन्।

महासचिव झाले भ्रष्टाचार निर्मूल गर्ने जेनजीको संघर्षलाई समर्थन गर्दै आवश्यकता पर्दा आम नागरिकलाई सहयोग गर्न पनि पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्। उनले लोसपा र अन्य राजनीतिक दलका नेताहरूलाई निरन्तर सम्पर्कमा रहन र अराजक गतिविधि देखिएमा सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिएका छन्।

प्रेस नोटमा उनले नेपालको संविधान-२०७२ अझै कायम रहेकोमा जनतालाई विश्वास दिलाइरहन आग्रह गरेका छन्। सङ्घीयता, गणतन्त्र, बहुदलीय प्रतिस्पर्धा, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकालगायतका उपलब्धिहरू वर्षौंको संघर्ष र हजारौंको बलिदानबाट प्राप्त भएकोले यिनमा कुनै सम्झौता नगर्न पनि उनले सुझाव दिएका छन्।

डा. झाले आफ्नो पुस्ताले थुप्रै परिवर्तन देखेको र कठिन परिस्थिति पनि समयअनुकूल परिवर्तन हुने भएकाले हतोत्साहित नभई आत्मबल बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले देशको सार्वभौमिकता कमजोर हुन सक्ने र बाहिरी शक्तिहरूको चलखेलबाट राजनीतिक लेनदेन हुने खतराप्रति पनि सबैलाई सचेत गराएका छन्।

महासचिव झाका अनुसार लुटपाट, आगजनी, हिंसात्मक गतिविधि र जेल तोड्नेजस्ता कार्य जेन जी पुस्ताबाट नभई अवाञ्छित तत्वहरूबाट भएकोले त्यस्ता तत्वबाट सचेत रहन आवश्यक छ।

संविधानमार्फत राजनीतिक निकास खोज्न आग्रह

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले देशमा जारी राजनीतिक अस्थिरतालाई संविधानको दायराभित्र रहेर समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आज एक प्रेस नोट जारी गर्दै उनले सङ्घीयता, गणतन्त्र र समावेशिताजस्ता ठूला राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने प्रयास हुन नहुने बताए। यी उपलब्धिहरू प्राप्त गर्न हजारौँ नेपाली जनताको बलिदान भएको उनको भनाइ छ।

महासचिव झाले जेन जी पुस्ताको आन्दोलनको भावनालाई सम्मान गर्दै राष्ट्रपतिको नेतृत्वमा सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री को बन्ने भन्ने निर्णय सैनिक मुख्यालयबाट नभई नेपालको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयबाट हुनुपर्ने धारणा राखेका छन्।

Previous Post

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

September 11, 2025
राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

September 11, 2025

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ

September 11, 2025
सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

September 11, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

September 11, 2025
राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

September 11, 2025

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ

September 11, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In