आशिष संवाददाता, काठमाडौँ, १८ फागुन। स्वर्गीय प्रेम दयाल प्रधान जुटपानी मिनिस्कोट्रीले ५० औँ वर्षगाठ अर्थात स्वर्ण महोत्सव एक कार्यक्रमका विच भव्यताका साथ सम्पन्न गरेको छ l लालबन्दि सर्लाहीको जुटपानीमा आयोजित कार्यक्रम यहि फाल्गुन १५, १६ र १७ गते गरि ३ दिन सम्म चलेको थियो l
कार्यक्रममा बोल्नु हुँदै डा. फिलेमोन क्षेत्रीले ख्रीष्टको निम्ति जस्तो सुकै दु:खको पनि सामना गर्नुपर्ने धारणा राख्नु भयो l त्यस्तै, अर्को पास्टर धन बहादुर तामाङ्गले स्व. प्रेम दयाल प्रधानको जस्तै चौतर्फी सेवामा प्रभाव पार्न स्वर्गीय राज्यको सोंच निर्माणको अपरिहार्य रहेको बताउनु भयो l
कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेम दयाल प्रधानको जीवनीबाट नेपालका हरेक मण्डलीले प्रेरणा लिनुपर्ने धारणा राखेका छन् l