काठमाडौं, २७। फागुन सुमन राई द्वारा लिखित पुस्तक ‘व्यवस्थित ईश्वरशास्त्रमा प्राध्यापन’ नामक पुस्तक आज ललितपुरमा एक कार्यक्रमका बीच विमोचन गरेको छ l
शुक्रबार लालितपुर स्थित नेपाल ख्रीष्टियान सामुदायिक मण्डलीमा आशा प्रेस्बेटेरियान चर्चका रेभ. पास्टर संगम केसीको वाहुलीबाट पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन कार्मायक्रममा विभिन्न पास्टर तथा अगुवाहरुले आफ्नो मन्तव्य राख्दै लेखक राईलाई शुभकामना तथा बधाई समेत दिएका छन् ।
शुभकामना दिनुहुँदै पीएचडी स्कलर समेत रहेका पाष्टर याम तामाङ्गले नेपाली इसाई समुदायको लागि यो पुस्तकले इतिहास रच्ने अपेक्षा राख्नु भयो l त्यस्तै, बिमोचन गर्ने क्रममा आशा प्रेस्बेटेरियान चर्चका रेभ. पास्टर संगम केसीले उक्त किताव मण्डलीका पाष्टर, अगुवा तथा शिक्षकहरूको लागि लाभदायक रहेको बताउनुभयो l लेखक राईले विमोचित पुस्तक भाग १ रहेको र अन्य भागहरू पनि क्रमश: प्रकाशनमा ल्याउने बताउनु भयो l
लेखक राई नेपाली गित संगीत क्षेत्रमा क्रियाशिल रहनुका साथै जोन एम पिटर्स मेमोरियल लिडरशिप ट्रेनिङ सेन्टरको प्रिन्सिपल समेत हुनुहुन्छ l