नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २ सय तोकिएको छ ।
आइतबार र सोमबार दुई दिन सुन तोलामा २५ सय घटेको थियो । मंगलबार तेजावी सुनको मूल्य ८८ हजार ७५० रूपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको मूल्य १० रूपैयाँ घट्दै प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको छ ।