पहिलो मात्रा कोभिशिल्ड लगाएकालाई आजदेखि अस्ट्राजेनिका खोप दिइने, यी हुन् खोपकेन्द्र

0

यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो मात्राका रुपमा अस्ट्राजेनिका खोप दिन लागिएको छ। ज्येष्ठ नागरिकलाई यो खोप लगाउने तयारी गरिएको हो।

खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रमा नै अस्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने कार्यालयले जनाएको छ।

चैतमा अक्सफोर्ड अस्ट्राजेनिकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो।

दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई अस्ट्राजेनिका खोप दिने प्राथमिकता राख्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here