नेपाल ख्रिष्टियन समाज (एन.सी. एस) प्रदेश नं. ३ को प्रादेशिक भेला आजबाट ललितपुर नखीपोटमा रहेको लिभिङ व्याप्तिस चर्चमा २ दिने प्रादेशिक भेला शुरु भएको छ । प्रादेशिक भेलामा नेपाल ख्रिष्टियन समाज (एन.सी. एस) मा आबद्ध ३ नं. प्रदेशका चर्च तथा मण्डली समुदायका अगुवाहरुको सहाभागिता रहेको छ । प्रादेशिक भेलामा नेपाल ख्रिष्टियन समाज (एन.सी. एस) का केन्द्रिय महासचिव डिल्ली राम पौँडेलले नेशनल चर्च अफ एलाईन्स नेपाल संग सहाकार्य गर्नुको उदेश्य साथै भिजन र मिसनको बारे बोल्नु हुनेछ ।
त्यस्तै प्रादेशिक भेलामा ३ नं. प्रदेशमा रहेको जिल्ला अध्यक्ष तथा सचिवहरुले अआफ्नो जिल्ला भित्र भएको गतिविधिको प्रगति विवरण प्रस्तुत गर्ने छन ।
आज बाट शुरु भएको प्रादेशिक भेलामाभोली अर्थात कार्तिक १० गते समापन हुने छ ।