ललितपुर । नेपाल ख्रिष्टियन समाज एन.सी. एस. प्रदेश नं. ३ को प्रादेशिक भेला ललितपुर नखीपोटमा रहेको लिभिङ व्याप्तिस चर्चमा सम्पन्न भएको छ । प्रादेशिक भेलामा नेपाल ख्रिष्टियन समाज एन.सी. एस. मा आबद्ध ३ नं. प्रदेशका चर्च तथा मण्डली समुदायका अगुवाहरुको सहाभागिता रहेको थियो ।
त्यस्तै, सम्पन्न प्रादेशिक भेलाबाट नेपाल ख्रिष्ट्यिन समाज प्रदेश नं. ३ को लागि पा.राजेन्द्र मल्लको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । प्रादेशिक भेलाबाट क्रमसः अध्यक्ष राजेन्द्र मल्ल, सहअध्यक्ष पदम पराजुली, उपअध्यक्ष एन पि प्रधान र देव राज भण्डारी, सचिव रुवेन राना, सहसचिव रीचन कर्मचार्य, कोष अध्यक्ष द्धारीका श्रेष्ठ, सहअध्यक्ष सेलवोन तामाङ र अन्य सदस्यहरु रहेका छन ।
भेलामा एन.सी. एस.ले उत्पीडनमा परेका पिडकहरुको आवजलाई सरकार र सरोकालवाला संग पुयाउन कसरी समंन्वय गर्ने, जिल्ला स्तरमा संजाल कसरी निर्माण गर्न सकिन्छ र सतावटमा परेका मण्डलीहरुको लागि कसरी सहयता गर्न सकिनछ भन्ने जस्ता विषयहरुमा पनि छलफल भएको थियो । प्रादेशिक भेलामा नेपाल ख्रिष्टियन समाज एन.सी.एस. का केनिद्रय महासचिव रेभ.पा.डिल्ली राम पौँडेलले नेशनल चर्च अफ एलाईन्स नेपाल संग सहाकार्य गर्नुको उदेश्य साथै भिजन र मिसनको बारे बोल्नु भएको थियो ।
त्यस्तै प्रादेशिक भेलामा ३ नं. प्रदेशमा रहेको जिल्ला अध्यक्ष तथा सचिवहरुले आ-आफ्नो जिल्ला भित्र भएको गतिविधिको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए।