२२ कार्तिक २०७६, ललितपुर । ग्लोवल ट्रेनिङ नेटवर्क अन्र्तगतको सेवामध्ये पाष्टर तथा अगुवा विकास तालिम विभागले मण्डलीलाई स्वस्थ र वलियो बनाउन मण्डलीका अगुवाहरू नै बलियो हुनुपर्ने भन्ने मान्यताका साथ एक भव्य समारोहका विच नेपालको विभिन्न जिल्लाहरुवाट अध्ययन गरिरहनुभएका ९ जना बिध्यार्थीहरु दिक्षान्तित् भएका छन् ।
यहि कार्तिक २१ गते २०७६ साल तदानुसार ७ नोभेम्बर विहिवारका दिन दास्रो व्याचको दिक्षान्त समारोह कुपन्डोलस्थित ललितपुरमा सम्पन्न भएको हो । तालिममा अनुभव भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय वरिष्ठ पाष्टर तथा अगुवाहरूले आफनो अनुभव सहित परमेश्वरको वचन २२ जिल्लामा दिँदै आएको छ । पाष्टर तथा अगुवाहरूको विकास तालिम दिँदै आएको यस विभागमा हालसम्म १९ जना विद्यार्थी विभिन्न समारोह वीच दिक्षित भईसकेका छन् भने ८५० भन्दा बढी व्यक्तिहरूले तालिम लिईराख्नुभएको छ ।
तालिमको दर्शन, मिशन र सेवकार्यको विषयमा प्रकाश पार्नुहुँदै विभागका राष्ट्रिय निर्देशक पा. डिल्लीराम पौडेलले तालिमको सुरुवात, यसका प्रक्रिया तथा उदेश्यबारे प्रष्ट पार्नुभएको थियो । दिक्षित विद्यार्थीहरूलाई डिप्लोमा इन पाष्टरल मिनिष्ट्रि लगायतका विषयगत प्रमाणपत्र प्रदान गरिएको थियो ।
रेभ. पा. प्रकाश सुब्बाले शुरुको प्रार्थना गर्नुभएको सो कार्यक्रमको संचालन पा. पौडेलले गर्नुभएको थियो । अब यहि आउँदो मार्च र जनवरीमा ललितपुर, दमौली र इलाम जिल्लाका ८० जना विद्यार्थीहरु दिक्षान्ति हुँदै छन् ।