३ कार्तिक ललितपुर । ग्रेश चर्च मिनिस्ट्री नेपाल भरतपुर चितवनको आयोजनामा पास्टर तथा अगुवाहरुको ३ दिने सम्मेलन ललितपुरको एकान्तकुनस्थित क्वालिटी फुड ल्याण्ड रेस्टुरेन्ट एण्ड ब्यानक्विटमा आज देखि सुरु भएको छ ।सम्मेलनमा चितवन, मकवानपुर, धादिंग, गोरखा, तनहु, नवलपरासी लम्जुङ, पोखरा, कस्की, ललितपुर र काठमाडौँका १५० भन्दा बढि अगुवा तथा पास्टरहरुको उल्लेखनीय सहभागिता रहेको छ । अहिलेको विसमपरिस्थितीमा के कसरी मण्डली सम्बन्धि सेवाकाईलाई अगाडि बढाउने भन्ने विषयमा अन्र्तराष्ट्यि वक्ता एपोस्टल पावल हवार्ड र उहाको टिमले ह्दयस्पर्शी ‘‘आत्मिकी युद्ध’’ विषयमा वचन बाड्नु हुनेछ । त्यस्तै सम्मेलनमा मण्डली समुदायमा रहेको समस्या तथा चुनौतीका बारेमा र त्यसका समधान के कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि सिकाई हुने रेभ.पास्टर हरि कुमार खाती ले बताउनु भयो । अहिलेको समयमा सबै अगुवा तथा पास्टरहरु एकतामा रहनु पर्ने पनि रेभ.पास्टर हरि कुमार खाती को भनाई थियो ।
सम्मेलनमा ख्रिष्टियन यूथ काउनसील नेपाल (C.Y.C )का संगीत झुण्डाले आराधनामा अगुवाई गरेका थिए ।
ललितपुर एकान्तकुनस्थित क्वलिटी फुड ल्याण्ड रेस्टुरेन्ट एण्ड ब्यानक्विटमा आज ३ गते आइतबार देखि सुरु भएको सम्मेलन ६ गते बुधबार सम्म चल्ने छ ।