काठमाडौं, ८ असोज । प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र समिति सदस्य धनेन्द्र कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेसँग भेट गरी छलफल गरेका छन्।
असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाका विषयमा उनीहरूले ट्राफिक प्रहरीसँग छलफल गरेका हुन्।
भेटका क्रममा ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायातसँग सम्बन्धित समस्या तथा दुर्घटना न्यूनीकरणका विषयमा समेत छलफल भएको जनाइएको छ।
सांसद गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग व्यवहार गर्दा संयमित र नम्र हुनुपर्नेमा जोड दिएका छन्।
















