काठमाडौं, ८ असोज । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
कानुनमन्त्री सोविता गौतमले निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रस्तुत गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।
सभामुख अर्यालले विधेयक प्रस्तुत भएलगत्तै बैठक स्थगित भएको सूचना सदनलाई दिएका हुन्।
















