काठमाडौं, ८ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक तथा राजनीतिक नियुक्ति पाउने व्यक्तिलाई पेन्सन र उपदान नपाउने व्यवस्था गर्न कानुन परिमार्जन गर्ने बताएकी छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो धारणा राखेकी हुन्।
उनका अनुसार संवैधानिक तथा राजनीतिक नियुक्तिका आधारमा पेन्सन तथा उपदान उपलब्ध हुने व्यवस्थालाई पुनरावलोकन गरी कानुनी प्रबन्धमा आवश्यक संशोधन गरिनेछ।
















