गहना चोर्ने र चोरेका गहना किन्ने पक्राउ

0

 

२५ भदौ, काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका–५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका–८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका–५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका(३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका–५ बोखिम घर भएकी ४३ वर्षीया रमिला विक रहेका छन् ।

उनीहरू मध्ये उक्त रगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पवित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here