प्रधानमन्त्री शाहले असोज ८ गते यूएन महासभालाई सम्बोधन गर्ने

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन्। महासभा असोज ६ देखि १२ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ।

प्रधानमन्त्री शाहले नेपालमा भएको ‘जेनजी’ आन्दोलन, निर्वाचनपछिको नयाँ सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउनेछन्। साथै, जलवायु परिवर्तन, प्राकृतिक विपद् र जलवायु न्यायका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र क्षतिका लागि विकसित मुलुकबाट सहयोग तथा जलवायु वित्त उपलब्ध गराउनसमेत आग्रह गर्नेछ। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here