‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

0

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धारमा खटिएको ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गैरसरकारी संस्थाले सैनिक शैलीको संरचना र पहिचान प्रयोग गरेको भन्दै शुक्रबार रिट दायर गरेका हुन्। रिटको पहिलो पेसी आगामी सोमबार तोकिएको छ।

रिट निवेदकहरूले संस्थाको सैनिक प्रकृतिको पोसाक, दर्जा र चिह्न प्रयोगमा रोक, तथा यससम्बन्धी सरकारी अनुमति र निर्णय बदर गर्न माग गरेका छन्। साथै गैरसरकारी संस्थाले सुरक्षा निकायसँग भ्रम सिर्जना हुने गरी सैनिक शैलीका पोसाक वा पद प्रयोग गर्न नपाउने स्पष्ट मापदण्ड बनाउन माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here