काठमाडौँ । सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ईजीपी) दुई सातादेखि बन्द हुँदा विकास निर्माणका काम प्रभावित भएको भन्दै नेपाल निर्माण उद्योग परिषद्ले तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ।
परिषद्ले साइबर सुरक्षा जोखिम समाधान गरी प्रणाली पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरेको छ। ईजीपी बन्द हुँदा बोलपत्र पेश, खोल्ने र मूल्याङ्कन प्रक्रिया प्रभावित भई आयोजना कार्यान्वयनमा ढिलाइ हुने तथा कागजी प्रक्रियाले लागत र प्रशासनिक बोझ बढाउने परिषद्को भनाइ छ।













