तनहुँ : २६ असारः बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा बुधबार बिहान एकजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका-१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।
थापाको खोजी जारी रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।