काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई थप कारबाही गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गर्दै कार्यान्वयन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
देशका विभिन्न जिल्ला घुमेर ढकालले तयार पारेको प्रतिवेदनमा रास्वपा संकटउन्मुख भएको निष्कर्ष निकालिएको थियो। सोही विषय अनुशासन विपरीत ठहर गर्दै पार्टीले उनलाई कारबाही गरेको हो।