तोलामा दुई सयले घट्यो सुन

0

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय निर्धारण भएको छ। यस आधारमा छापावाला सुन तोलामा दुई सयले घटेको छ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here