Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रवास आर्थिक

नेपालको अर्थतन्त्र  क्रमशः सुधारको बाटोमा : एडिबी

आशिष सम्बाददाता by आशिष सम्बाददाता
April 11, 2024
in आर्थिक, समाचार, सरकार
नेपालको अर्थतन्त्र  क्रमशः सुधारको बाटोमा : एडिबी
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो।

जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ। सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पूँजीगत खर्चमा दिएको तीब्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ।

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ।

नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वचतमा रहे पनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ । चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ।

यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ। प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए।

उनले मलखादको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपदबाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उनले उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको बताए। ​

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ ।

अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।

Previous Post

रौतहटको वृन्दावन नगर : २२ महिनामा नौ प्रशासकीय अधिकृत फेरिए

Next Post

तोलामा दुई सयले घट्यो सुन

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
तोलामा दुई सयले घट्यो सुन

तोलामा दुई सयले घट्यो सुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In