नेपाललाई तेस्रो सफलता,विवेक यादवले लिए विकेट

0

काठमाडौं :  विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले तेस्रो विकेट गुमाएको छ। विवेक यादवको बल रोहित पौडेलले क्याच गर्दै ओमानका जीसन मक्सुद आउट भए। 

यसअघि गुलशन झाको बलमा सन्दीप जोराले क्याच गरे।  आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको फाइनलमा नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here