कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव : मन्त्री भुसाल

0

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन्।

शुक्रवार शुरु भएको तीनदिने कृषि सम्बन्धी बृहत् अन्तरराष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए। उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने वेला भइसकेको भन्दै सरकारले कृषि उत्पादन बढाउने गरी काम गरिरहेको बताए।

मन्त्री भुसालले उत्पादन बढाउन उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताए। उनले कृषिमा अबका दिन यन्त्रीकरणको महत्व बढ्दै गइरहेको बताए।

उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो। प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ। उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्छ। लागत खर्च घटाउनुपर्छ। त्यसका निम्ति यन्त्रीकरणको ठूलो महत्त्व छ। यो प्रदर्शनीले योगदान गर्नेछ भन्ने मलाई लाग्छ।’

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसान ठगिने कुरा रोक्न जरुरी रहेको बताए। उनले व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण किसान ठगिने गरेको बताए। उनले कृषि यन्त्रीकरणलाई इमान्दार रूपमा कृषकसमक्ष पुर्‍याउन जरुरी रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here