गाजामा मानवीय सहायताका लागि सञ्चालित शिविरमै इजरायलको आक्रमण

0

गाजा क्षेत्रमा मानवीय सहायताका लागि सञ्चालन गरेको शिविरमै इजरायलले हवाइ आक्रमण गरेको छ। 

राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएले गाजामा सञ्चालन गरेको आक्रमणमा कम्तीमा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७५ जनाभन्दा घाइते भएका छन्। 

एक प्रशिक्षण केन्द्रलाई राष्ट्रसंघीय एजेन्सीले आश्रयस्थल बनाएको थियो, जहाँ गाजाका ३० हजार शरणार्थीले आश्रय लिइरहेका छन्। आक्रमण भएको क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली पुग्ने प्रयास गरिरहेको छ। आक्रमणपछि राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएका जनरल कमिस्नर फिलिपे लेजारिनीले गाजाका लागि यो एक भयानक दिन भएको टिप्पणी गरे।

आक्रमणस्थलमा उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्नसक्ने आँकलन गरिएको छ। अक्टोबर ७ यता जारी इजरायल–गाजा युद्धमा इजरायली सेनाको आक्रमणमा मात्रै २५ हजार बढीको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here