यू–१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

0
EAST LONDON, SOUTH AFRICA - JANUARY 21: Subash Bhandari of Nepal celebrates the wicket of Luke Watson of New Zealand during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। 

बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । 

समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने वाध्यता छ । पाकिस्तान र नेपालबीच यू-१९ विश्वकपमा भएका २ खेलमा दुवैले १÷१ खेल जितेका छन्।

सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले विजयी भएको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो ।

सन् २००० मा यी दुईबीच तय भएको खेल वर्षाले रोकिएको थियो । जारी प्रतियोगिताको समूह डी मा पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here