काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
अर्जुन कुमाल ६ रन बनाएर आउट भएका छन् । पाकिस्तानका बलर अहमद हुसेनले बोल्ड गरेका हुन्।
बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। ५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ।
प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।
समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने वाध्यता छ ।