पोखरामा बोलेरो दुर्घटना एकजनाको मृत्यु, दुईजना घाइते

0

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१८ चिसाखोलामा भएको बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार बुधबार बिहान करिब मेथलाङबाट बागलुङ बसपार्क तर्फ आउँदै गरेको ग३च २६०३  न को दूध बोक्ने सिङ्गल क्याप बोलेरो सवा नौ बजेको समयमा चिसाखोलामा दुर्घटनामा परेको हो।

जिपका चालक पोखरा महानगरपालिका–१८ ग्यारजातिका ४९ वर्षीय कृष्णबहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो। सोही ठाउँकी ६९ वर्षीया हिमकला थापाको टाउकोमा चोट र ७० वर्षीया चन्द्रकला थापाको ढाडमा चोट लागेको छ।

उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

जिपले नियन्त्रण गुमाई सडकको दायाँतर्फ करिब २० फिट तल खसेको थियो। वडा प्रहरी कार्यालय बगरबाट पुगेको प्रहरी टोलीले दुर्घटनामा परेको जिपलाई नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here