राष्ट्रियसभा चुनाव  : कोशी प्रदेशमा एमाले र राप्रपाको गठबन्धन

0

विराटनगर : राष्ट्रियसभा निर्वाचनमा एमाले र  राप्रपाले संयुक्त गठबन्धन  गर्ने निर्णय  गरेका छन्। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा उनीहररुले कोही प्रदेशमा गठबन्धनको सहमति गरेका हुन्।

सहमतिअनुसार एमालेकी उम्मेदवार रूक्मिणी कोइरालालाई राप्रपाले र राप्रपाका उद्दव पौडेललाई एमालेले सहयोग गर्ने सहमति भएको हो।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले दुवै पार्टीले उक्त निर्णय गरिसकेको जानकारी दिए।

यता, सत्ता गठबन्धनबाट कोशी प्रदेशमा कांग्रेसका कृष्णप्रसाद सिटौँला र माओवादी केन्द्रकी चम्पा कार्कीको साझा उम्मेदवारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here