Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

१० लाख पर्यटक आए, २ लाख नेपाली घुम्न गए विदेश

आशिष सम्बाददाता by आशिष सम्बाददाता
January 16, 2024
in प्रभाव, समाचार
१० लाख पर्यटक आए, २ लाख नेपाली घुम्न गए विदेश
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : करिब दुई लाख नेपाली घुम्नका लागि विदेश पुगेका छन्। अध्यागमन विभागले दिएको जानकारी अनुसार नेपालीहरू पर्यटन भिषामा विश्वका १ सय ५६ देश पुग्ने गरेका छन्।

तथ्यांक अनुसार यो वर्ष मात्र २ लाख ४ हजार ५ सय १८ जना विदेश घुम्न पुगेका हुन्। भारतदेखि भेनुजुयलासम्म नेपाली पर्यटन भिषामा पुगेका हुन्।

सबैभन्दा बढी भारत, सबैभन्दा कम भेनेजुयला

तथ्यांक अनुसार यो वर्ष ७१ हजार ६ सय ९८ जना नेपाली भारत भ्रमणमा पुगेका छन्।  जसमा २७ हजार ४ सय ३० महिला, ४४ हजार ३ सय ५७ जना पुरुष रहेका छन्। अन्यको संख्या ११ जना छन्।  यस्तै, भेनेजुयलमा एक नेपाली पर्यटन भिषामा पुगेका छन्।

नेपालीका रोजाइमा रहेका दश देश

पर्यटनका लागि युएई दोस्रो रोजाइमा रहेको छ। यस वर्ष ५५ हजार ६ सय १८ जना नेपाली पर्यटन भिषा लिएर दुबई पुगेका छन्। तेस्रो रोजाइ थाइल्याण्ड रहेको छ जहाँ २१ हजार २ सय ६० जना नेपाली पुगेका छन्।

चौथो ६ हजार ९३ जना नेपाली चीन पुगेका छन् भने पाँचौमा अष्ट्रेलिया पुगेका छन्। जहाँ ५ हजार ८ सय १ नेपाली छन्।  यस्तै छैटौंमा सिंगापुर जहाँ ४ हजार ६ सय ६०, सातौंमा मलेसिया जहाँ ४ हजार ४ सय ७३, आठौंमा अमेरिकामा ४ हजार ३५, नवौं र दशौंमा क्रमश: जापान र ओमान रहेका छन्। जहाँ क्रमश : २ हजार ५ सय ९० र २ हजार ४ सय ९६ रहेका छन्।

२ लाख बाहिरिँदा नेपाल घुम्न कति आए?

सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले  पुस १४ गते सार्वजनिक गरेको तथ्यांकअनुसार १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन्।

योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको थियो। सरकारले चालू आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो।

कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो। पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ। सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए। सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनर्उत्थानका भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।

उनले भने, ‘यस वर्ष पर्यटक आगमन उत्साहवर्द्धक छ। आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ।’

पर्यटक आगमन उत्साहवर्द्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहको अपेक्षा छ।

‘सरकारको १० लाख पर्यटक पुर्याउने लक्ष्य पूरा भएको छ, यो नै उपलब्धि हो,’ उनले भने, ‘एक पछि अर्को ठूला तारे होटल खुल्ने क्रम जारी छ। २०८१ सालसम्म थप १५ बढी होटल थपिँदैछन्। सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन्।’

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उनले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर संख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उनको विश्वास छ।

 पर्यटकको संख्या कीर्तिमानकै रूपमा वृद्धि

सरकारले अर्को वर्ष विदेशी पर्यटकको संख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ। सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो वर्ष पर्यटकको संख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बताएका थिए। ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको संख्या झण्डै दोब्बर बनाउँछौँ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री दाहालले भनेका थिए।

सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ। साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रूपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। चालू आव २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनुका साथै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो। नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने उल्लेख गरिएको छ।

भारतीय पर्यटक बढे

पर्यटन बोर्डका निर्देशक लामिछानेका अनुसार यस वर्ष भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। सन् २०१९ मा दुई लाख ५४ हजार एक सय ५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष तीन लाख १७ हजार चार सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

भारतपछि अमेरिकी पर्यटक बढेका छन्। अमेरिकी पर्यटकको संख्या यस वर्ष ९९ सय हजार नौ सय ८५ एक लाख पुगेको छ। सन् २०१९ मा ९३ हजार दुई सय ४१ अमेरिकी पर्यटक आएका थिए। बङ्गलादेशबाट पनि नेपाल आउने पर्यटक बढेका छन्। सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको संख्या यस वर्ष ३६ हजार एक सय ९१ पुगेको छ।

त्यसैगरी चिनियाँ पर्यटकको संख्या पनि क्रमशः बढिरहेको छ। यस वर्ष ६० हजार एक सय ६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए। कोभिडपछि सीमा नाका खुलेका र चिनियाँ एयरलाइन्सको उडान पनि बढिरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने बोर्डको विश्वास छ।

यस अवधिमा म्यानमारबाट १२ हजार छ सय ८८, श्रीलङ्काबाट २१ हजार आठ सय ४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार सात सय ९१ विदेशी पर्यटक भित्रिएका छन्।

कुन महिनामा कति पर्यटक ?

पर्यटन बोर्डका अनुसार यस वर्षको अक्टोबरमा सबैभन्दा बढी एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए। जुन आँकडा कुनै एक महिनामा भित्रिने विदेशी पर्यटकको संख्या हालसम्मकै बढी हो।

वर्षको सुरु जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २८, अप्रिलमा ९८ हजार सात सय ७४, मे महिनामा ७७ हजार सात सय दुई, जुनमा ७२ हजार दुई सय ४८, जुलाईमा ५७ हजार सात सय २५, अगष्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा एक लाख ८६ हजार २८ र डिसेम्बरमा ९० हजार तीन सय नौ पर्यटकले नेपाल भ्रमण गरेका छन्। आज र भोलि वर्षको अन्तिम दिनसम्म यो संख्या केही बढ्ने अनुमान गरिएको छ।

Previous Post

विपद्‌बाट बच्न समुदाय स्तरीय संयन्त्रमा ध्यान दिएका छौँ : उपमेयर डंगोल

Next Post

रूस–युक्रेन युद्ध : ज्यान गुमाउने नेपालीको संख्या १२

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
रूस–युक्रेन युद्ध : ज्यान गुमाउने नेपालीको संख्या १२

रूस–युक्रेन युद्ध : ज्यान गुमाउने नेपालीको संख्या १२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In