साहित्यिक पत्रकार रोचक घिमिरे र रुक्मिणी श्रेष्ठ सम्मानित

0

काठमाडौँ : प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार–२०८० बाट वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिणी श्रेष्ठ सम्मानित भएका छन्।

आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार–२०८० बाट घिमिरे र श्रेष्ठलाई सम्मानित गरेको हो। श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएकी छन्। साथै घिमिरेले २०१८ सालबाट रचना द्वैमासिक पत्रिका सञ्चालन गर्दै आएका छन्।

दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो।  नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलोपटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here