मेला महोत्सवको विरोधमा बजार बन्द

0

सल्यान : आर्थिक मन्दीका वेला महोत्सव गर्न थालेको विरोधमा सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरका व्यापारीले बजार बन्द गरेका छन्। आफूहरूसँग कुनै छलफल नगरी मेला सञ्चालन गर्न थालेको भन्दै विरोध स्वरूप बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा बजार बन्द गरेका हुन्।

देश आर्थिक मन्दीमा फसेका वेला जिल्लामा भएको आम्दानीको स्रोत पनि जिल्ला बाहिर जाने भएकाले मेला महोत्सव नगर्न आग्रह गर्दा गर्दै सम्बन्धित निकायले जबरजस्ती मेला सञ्चालन गर्न थालेकाले बजार बन्द गरेको श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष हपिस भण्डारीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकालाई मेला सञ्चालन नगराउन ज्ञापनपत्र बुझाएको चार दिन भइसक्दा समेत त्यसको कुनै सुनुवाइ नभएपछि पहिलो चरणको आन्दोलनअन्तर्गत २ घण्टा बजार बन्द गरेको उनको भनाइ छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले शारदा नगरपालिकासँग अनुमति लिएर महोत्वस सञ्चालन गर्न थालेको जनाएको छ। 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले पुस २६ गतेदेखि माघ ७ गतेसम्म बृहत् सल्यान महोत्सव सञ्चालन गर्दै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here