जनमतले भन्‍यो- राष्ट्रियसभामा हामीलाई बाइकट गरेको राम्रो भएन

0

काठमाडौं : डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रियसभामा सत्ता गठबन्धनबाट भाग नपाएकोप्रति असन्तष्टि जनाएको छ। सरकारलाई सुरुदेखि नै समर्थन गरिरहेको जनमतले राष्ट्रियसभाका लागि एक सिट दाबी गरेको थियो। 

तर आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भाग नछुट्याएपछि जनमत सत्ता गठबन्धनसँग असन्तुष्ट बनेको हो। गठबन्धनमा प्रमुख घटक नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई तथा जसपाले एक सिट दिने भनिएको छ । यद्यपि, यसमा एकीकृत समाजवादी र जसपाले चित्त बुझाएका छैनन्। 

तर प्रचण्ड सरकारलाई सुरुदेखि नै समर्थन गर्दै आएको जनमतलाई भने ‘बाइकट’ गरिएको छ। सत्ता गठबन्धनले एउटा राष्ट्रिय पाटीलाई ‘इग्नोर’ गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले गुनासो गरे।

‘हामी जस्तो राष्ट्रिय पार्टीको प्रतिनिधित्व राष्ट्रियसभामा पनि हुनुपर्छ भनेर हामीले एक सिटमा दाबी गरेका थियौँ। तर गठबन्धनमा हामीलाई इग्नोर गरियो’, उनले भने, ‘अब पार्टी बैठक बसेर के कसरी अघि बढ्ने निर्णय गर्छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here