एशियाली राजमार्ग निर्माणको पहिलो चरण शुरू

0

सुन्दरहरैँचा : एशिया महादेशका ३२ मुलुक जोड्ने ‘एशियाली राजमार्ग’ निर्माणको पहिलो चरण शुरू भएको छ।

पहिलो चरणअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान शुरू भएको हो। त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ। 

एशियाली विकास बैंकको सहयोगमा एशियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक ४ लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिए।

पश्चिम खण्डका क्षेत्रमा करिब ६ हजार ७३७ रूख कटान हुने तथा ३ वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिए।

एशियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको १२० किमी क्षेत्र ४ लेनको बन्ने भएको छ। 

जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here