कान्तिपुरविरुद्ध रविले हाले गाली बेइज्जती मुद्दा

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

लामिछानेले आफ्नो चरित्र हत्या गर्ने गरी समाचार लेखेको भन्दै उनले मुद्दा दायर गरेका हुन्। उनले कान्तिपुरले लेखेका समाचारमा आएका कुनै सहकारीको संचालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता केही पनि नभएको बताएका छन्।

‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। मुद्दा दर्तापछि लामिछानेले सामाजिक संजालमा लेखेका छन्‚ ‘सहकारी पीडितहरुको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।’

उनले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको उल्लेख गरेका छन्। c

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here