पदक ठूलो होइन‚ खेल्न अरूलाई पनि प्रेरित गर्नुस् : मेयर बालेन

0

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदक जित्नु ठूलो कुरा नभई अरूलाई पनि आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताएका छन्। मेयर बालेनले काठमाडौंको दशरथ रंगशालामा बताएका हुन्।

आज तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो। प्रतियोगितामा करिब ३ हजार २ सय विद्यार्थीले सहभागी भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए। उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीलाई आग्रह गरे। 

साहले भने, ‘आजबाट शुरु हुने तीनदिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३ हजार २ सय जना विद्यार्थीले भाग लिनुभएको छ। आगामी दिनमा ५ हजार, १० हजारले भाग लिनुहोस्। मेडल ल्याउनु ठूलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो।’

मेयर साहले वर्ल्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरूलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here