भरतपुर महानगर र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम

0

सिगात्से  : भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम भएको छ।

बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरकी मेयर रेणु दाहाल र चीनको सिगात्से शहरका मेयर प्रमुख वाङ फाङ होङबीच दुई शहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

हानगर प्रमुख दाहालको नेतृत्व रहेको आठसदस्यीय प्रतिनिधि मण्डल सिगात्से पुगेको छ। समझदारीपत्रमा दुई शहरबीच पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले सहयोग आदानप्रदान गर्ने उल्लेख छ। त्यसैगरी साझा समृद्धि र विकासलाई प्रवर्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरकी मेयर रेणु दाहालले सिगात्से शहरसँग भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी व्यक्त गरिन्। उनले यो समझदारीले आगामी दिनमा दुई देश र दुई शहरबीच प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरिन्।

उक्त भगिनी सम्बन्ध पाँच वर्षका लागि मान्य हुने र समझदारीपत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here