इलाममा हार ब्यहोरेपछि लामिछाने भन्छन् : जित्न सकिएन, सिक्न सकियो

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले इलाम-२ विजयी हासिल गरेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई ज्ञापन गरेको छ।

 उनले आफ्नो उम्मेदवारलाई  मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी रहेको बताएका छन्।

‘रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ ,बट को सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ’, उनले फेसबुकमा लेखेका छन्।

आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्। 

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए।  यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here