भूकम्प पीडितलाई एनएमबी बैंकले ५० लाख दिने

0

काठमाडौं : एनएमबी बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई ५० लाख रूपैयाँ सहायता उपलब्ध गराउने भएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

भूकम्प पीडितहरूलाई विभिन्न क्षेत्रबाट सहयोग तथा राहत घोषणा गर्ने क्रम चलिरहेको छ।

गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पका कारण डेढ सयभन्दा धेरै मानिसको मृत्यु भयो भने हजारौं घर क्षतिग्रस्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here