गाजा क्षेत्रका अस्पतालमा इजरायली सेनाको बर्बरता, तस्वीरहरू

0

इजरायली सेनाले गाजा क्षेत्रका अस्पतालहरूमा आक्रमण जारी राखेका छन्।

आइतबार इजरायलले गाजाको नासेर मेडिकल कम्प्लेक्समा आक्रमण गरेको हो। जसमा चार अस्पतालहरू रहेका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा आठ प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक सय ५० भन्दा घाइते भएका छन्। गाजाका ३५ अस्पतालमध्ये कम्तीमा १६ वटा अस्पताल इजरायलका कारण सेवा बाहिर छन् भने ७२ प्राथमिक स्वास्थ्य सेवा क्लिनिकहरूमध्ये ५१ पूर्ण रूपमा बन्द भएका छन्।

हालसम्म इजरायलको आक्रमणमा गाजा क्षेत्रमा १० हजार बढीको मृत्यु भइसकेको छ। जसमा चार हजारभन्दा बढी बालबालिका रहेका छन्। यता अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

इजरायलले हमासलाई समाप्त नपारेसम्म युद्धविराम नगर्ने यसअघि बताउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here