पाल्पामा ट्याक्सी दुर्घटना, ५ घाइते, तीन गम्भीर

0

पाल्पा : पाल्पामा आइतबार ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१त १९७० नम्बरको ट्याक्सी रम्भा गाउँपालिका-३ सेरास्थित सिद्धार्थ राजमार्गमा अनियन्त्रित भई रोकिराखेको ग१त ५२५० नम्बरको ट्याक्टरमा बिहान करिब १० बजे  ठोक्किएको थियो।

घाइते मध्यचालक पोखरा उपमहानगरपालिका-१५ का सुरेस गुरुङ, सोही ठाउँका ७० वर्षीया गंगा गुरुङ, ४० वर्षीय विनोद गुरुङ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। यद्यपि, अवस्था भने खतरामुक्त छ।

यस्तै, सोही ठाउँका ७४ वर्षीय धनबहादुर गुरुङ र रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरका भीमबहादुर गुरुङको अवस्था सामान्य रहेको उनले बताए।

घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here